
साउन २९, दैलेख
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आफ्नो कार्यकालमा गरिव ठगेर लाखौं कमाउन खोज्ने मध्येका केहीलाई कारवाही गरेर कारागार चलान गरेको बताएका छन् । दैलेखमा बिपन्न समुदाय, गरिव किसानहरुलाई बिभिन्न बाहनामा रकम जम्मा गर्न लगाएर ठगी काममा लागेका स्वर्णभूमिका संचालकलाई कानुनी दायरामा ल्याई कारवाही गरेको बताएका छन् ।
गत वर्ष प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएसँगै दैलेख आएका कटेलले आफ्नो एक वर्षको कार्यकालमा महत्वपूर्ण ११ वटा कामहरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
दैलेखमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने क्रम बढ्दो छ, लैगिक हिंसा, जातिय बिभेद लगायतका बिभिन्न बिषयहरु सँगै कोरोना रोकथाममा जिल्ला प्रशासनको नेतृत्वमा निकै महत्वपूर्ण कार्य भएको बताएका छन् ।
कानुन पालना गर्दै गर्दा कोही कसैलाई नराम्रो लाग्न सक्ला, गलत गरेका मानिसहरुलाई उम्काउने प्रयास गर्ने कतिपय नेता र नेतृत्वलाई मेरो शैली मन नपरेको पनि होला तर म कानुन र नीति भन्दा बाहिर गएँन र जाँदिन पनि ? मेरो धर्म भनेको व्यक्तिको कर्म अनुसार सजाय दिनु हो त्यसैले मलाई कानुन मिच्नेहरुले नराम्रो मान्छन् । मेरो आफ्नो कार्य पद्धतीमा कही कतै कमजोरी भएको भएमा म आफु सच्चिन र सच्चाउन सक्ने क्षमता राख्छु तर सुशासन, अनियमितता, नीति र नियम मिचेर गरिएका कामहरुमा मैले कसैलाई पनि माफि दिदैन ।
दैलेखबाट बिधा भएर जाने क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले कोरोना संक्रमणको जोखिमका बोलामा जिल्लाका बिभिन्न स्थानहरुमा सेना परिचालन गरेर रोकथामका कामहरु भएको बताए । म दैलेख बस्दा सम्म कोरोना संक्रमण नियन्त्रण भित्रै छ । आगामी दिनहरुमा आम नागरिकहरुले व्यक्तिगत रुपमा दुरी कायम गर्ने, स्वास्थ्य सुरुक्षाका साधनहरु अपनाउने, अनिवार्य मास्क लगाउने, सावुन पानिले हात धुने कार्यलाई निरन्तरता दिनुपर्ने सुझाव कटेललको छ । दैलेख उच्च जोखिममा रहेका बेलामा यहाँको सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय सरकार, नागरिक र पत्रकारहरुले खेलेको भूमिका निकै महत्वपूर्ण रहेको कटेलको भनाई छ ।
जिल्ला प्रशासनले गरेका बिभिन्न प्रभावकारी कामहरुको जानकारी दिदै सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रिले डेकेन्द्र थापा हत्या प्रकरणका अभियुक्तलाई पक्राउ गरिएको, स्वर्ण भूमिका संचालकलाई पक्राउ गरि कारागार चलान गरिएको, प्रमुख जिल्ला अधिकारी युवराज कटेल दैलेख आउनु अघि जिल्ला प्रशासनको ११ लाख ७ हजार बेरुजु सवै फच्र्यौट गरेर शून्यमा झारिएको ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच कार्य सम्पदान मुल्याँकनमा बि. ग्रेड बाट आब २०७६ । ०७७ मा ए ग्रेडमा उक्लिएको , बिपत पूर्व प्रतिकार्य योजना जिआईएस म्याप सहितको पहिलोपटक पुस्तक प्रकाशन गरिएको र सोही अनुसार सुरक्षा सर्तकताका बिभिन्न कामहरु संचालन गरिएको । जिल्ला प्रशासन कार्यालयमा भौतिक पूर्वाधार बिस्तार, ११ हजार लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको, बजार अनुगमन तीब्र पारिएको, कालो बजारी गर्नेहरुका बिरुद्ध प्रशासनले कडा कदम चालेको बताएका छन् ।
नयाँ आउने प्रमुख जिल्ला अधिकारीले समेत दैलेखमा बाँकी रहेका कामहरु पुरा गर्न सुझाव दिदै, प्रमुख जिल्ला अधिकारी युवराज कटेलले म्याद सकिएका खाद्य सामान बिक्रिबितरणमा अझै कडाई गर्नुपर्ने, अवैध खोला दहनको कामको रोकथाम गर्न गहिरो अनुसंन्धान र तीब्र कारवाही प्रक्रिया थाल्नुपर्ने, जुवातास खोल्न रोक्नुपर्ने, लागुऔषध आसारपसार प्रयोग रोक्नुपर्ने, समाजमा रहेका कुरिति र कुसंस्कार अन्त्य गर्नूपर्ने बिषयमा आम सचेत नागरिकहरुले समेत साथ दिनुपर्ने सुझाव दिएका छन् ।
धमाका दैनिकद्धारा प्रजिअलाई सम्मान

दैलेखको पहिलो पत्रिका धमाका दैनिकले दैलेखबाट बिधाई भएर जाँदै गरेका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई सम्मान सहित बिधाई गरेको छ । दैलेखका बरिष्ठ पत्रकार एवं उज्यालो सहकर्मी अमर सुनारले दोसल्ला ओडाएर सम्मान गरेका छन् । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य एवं राससका दैलेख प्रतिनिधि नविन रिजालले मायाको चिनो प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ दैलेखका पूर्व अध्यक्ष एवं धमाका दैनिकका सम्पादक बिष्णु शर्माले सम्मान पत्र हस्तान्तरण गरेर प्रमुख जिल्ला अधिकारी कटेललको बिधाई गरेका छन् ।

दैलेखमा आएलगत्तै प्रमुख जिल्ला अधिकारीले सुशासनको क्षेत्रमा प्रभावकारी काम गरेको, गरिव निमुखाहरुलाई ठगि गर्ने गिरोह दैलेखमा अहिलेपनि सक्रिय रहेको, उक्त गिरोह मध्ये केहीलाई कानुनी दायरामा ल्याउन सफल भएको र कोरोना रोकथामका लागि निकै प्रभावकारी काम गरेको भन्दै प्रमुख जिल्ला अधिाकरीलाई सम्मान पत्र प्रदान गरिएको सम्पादक बिष्णु शर्माले जानकारी दिएका छन् ।
जिल्लामा सुशासन, ऐन, नियम र कानुन बिपरित भएका सबैखाले कामहरुमा पत्रकारहरुले सक्रियताका साथ खवरदारी गर्न सकेमा मात्र समाजमा सुशासन कायम हुने, विकास निर्माणमा दिगोपना देखिने भएकोले निरन्तर खवरदारी गर्न प्रजिअ कटेलले पत्रकारलाई सुझाव दिएका छन् ।









